प्रधानमन्त्री पत्नीद्वारा एनआरएन जापानमा पुन: निर्वाचन गराउन दबाब

फाइल तस्बिर

काठमाण्डु । परराष्ट्र मन्त्रालयलले एनआरएनए राष्ट्रिय परिषद जापानको अधिवेशनमा भएको भनिएको धाँधली माथी प्रश्न उठाएको छ ।भदौ १७ गते पत्र पठाई धादली र मत दुरुपयोगका बारेमा ७ दिनभित्र जवाफ पठाउन एनआरएन केन्द्रलाई निर्देशन दिएको छ ।

यस अघि नेपाली दुतावास टोकियोले राष्ट्रिय परिषद निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा निर्वाचन समितिले गरेको छानविन प्रतिवेदन सहित परराष्ट्र मन्त्रालयमा पत्र पठाएको थियो । सोही पत्रअनुसार मन्त्रालयले एनआरएनलाई स्पष्टिकरण सोधेको हो ।

frontline

निर्वाचनमा कांग्रेस निकट पद्धाधिकारी पराजित भएपछि प्रधानमन्त्री पत्नि आरजु राणा देउवाको निर्देशनमा परराष्ट्रले पत्र काटेको बुझिएको छ । टोकियो दुतावास राष्ट्रिय परिषद जापानको पुनः निर्वाचन गराउने पक्षमा उभिएको छ र राजदुत प्रतिभा राणाले मन्त्रालयमा पटक-पटक फोन गरेर दवाव दिने गरेको मन्त्रालयका एक जना अधिकारी बताउँछन ।

एनआरएनको आन्तरिक मामिलामा दुतावास सिधा हस्तक्षेपकारी भूमिकासहित संलग्न भएको यो पहिलो पटक हो । मन्त्रालयद्वारा प्रेषित पत्रमा जापान बाहेकका अन्य मुलुकहरुमा समेत प्रविधिको दुरुपयोग गरिएको, तोकिएको समयमा निर्वाचन नगरिएको भन्ने खालका उजुरी परेकाले सत्यतथ्य बुझेर जवाफ दिन भनिएको छ ।

राजदुत प्रतिभा राणाको दवाव र दुतावासको पत्र पछी एनआरएन विवादमा मन्त्रालय मिसिएको हो । छानवीन समितिले काम थाले देखिनै प्रधानमन्त्री पत्नी आराजु देउवा राणाले तारन्तार परराष्ट्र मन्त्रालयमा फोन गरेकी थिइन् । उनले कुनैपनि हालतमा जापानको पुन निर्वाचन गराउनुपर्नेमा दबाब दिएको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here