प्रधानमन्त्री देउवा र बिम्स्टेकका महासचिव तेन्जिङ लेकफेलबीच भेटवार्ता

तस्बिर : रासस

२१ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव तेन्जिङ लेकफेलबीच भेटवार्ता भएको छ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव तेन्जिङ लेकफेलबीच शिष्टाचार भेटवार्ता भएको हो। 

frontline

उनीहरुबीच बिमस्टेक र नेपालले आगामी कोलम्बो सम्मेलनको विषयमा चर्चा भएको छ। भेटमा महासचिव लेकफेलले नेपालले बिमस्टेक प्रक्रियालाई अगाडि बढाउन पुर्‍याएको योगदानको प्रशंसा गरेका छन्।

महासचिव लेकफेलले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

आर्थिक र प्राविधिक क्षेत्रमा क्षेत्रीय सहयोग जुटाउने र सहकार्य गर्ने उद्देश्यले स्थापित भएको संगठन हो। चौथो शिखर सम्मेलन नेपालमा भएको थियो। पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्दैछ। 

 तस्बिर : रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here