प्रधानमन्त्री देउवा र डा. गोविन्द केसीबीच भेटवार्ता

फाइल तस्बिर

१५ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीबीच बिहिवार बालुवाटारमा वार्ता भएको छ ।

भेटवार्तामा प्रधानमन्त्री देउवाले डा केसीसँग गरेका प्रतिबद्धता तथा डा केसीले पुस ११ गते राखेका ७ बुँदे मागबारे छलफल भएको छ ।

frontline

वार्तामा केसीसहित उनका सहयोगी प्रितम सुवेदी, मोहना अन्सारी, डा. विष्णु पोखरेल र अधिवक्ता ओमप्रकाश अर्यालको सहभागिता रहेको थियो ।

डा. केसीले भ्रष्टाचारमा मुछिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई तत्काल बर्खास्त गरी न्यायिक आयोग बनाएर छानबिन सुरु गर्नुपर्ने, सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई बर्खास्त गर्नुपर्ने, अवैध रुपमा अतिरिक्त शुल्क असुल्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेजीलगायत सातबुँदे माग सरकारले तत्काल पूरा गर्नुपर्ने माग अघि सारेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here