प्रधानमन्त्री देउवा र एमसीसी उपप्रमुख अधिकृत एलेक्सिया ल्याटोर्तुबीच भेटवार्ता

१७ कात्तिक, काठमाण्डु । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)एलेक्सिया ल्याटोर्तुबीच भेटवार्ता भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६) को उच्चस्तरीय सत्र (विश्व लिडर्स सम्मेलन) मा भाग लिन ग्लास्गो पुगेका प्रधानमन्त्री देउवालाई डेपुटी सीईओ ल्याटोर्तुले मंगलबार भेटेकी हुन् । भेटमा एमसीसी सम्झौताका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । एमसीसी सम्झौता दलहरुबीच सहमति नजुट्दा संसदबाट पास हुन सकेको छैन ।

frontline

आफ्नै पालामा भएको संझौता कार्यान्वयन गर्ने पक्षमा देउवा उभिरहदा सत्ता गठबन्धनमा रहेका दलहरु भने यसको विपक्षमा रहेका छन् । प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा भएको दाबी गर्दै यसमा विवाद गर्नुनपर्ने बताउँदै आएका छन् ।

अमेरिकाले भने एमसीसीसँगको सम्झौताका विषयमा नेपालको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ । हालै अन्त्य गरिएको संसद् अधिवेशनबाट पनि एमसीसी सम्झौता अनुमोदन नभएपछि अमेरिकाले असन्तुष्टि जनाएको हो ।

यसअघि गत भदौमा एमसीसी उपाध्यक्ष सहितको टोली नेपाल आएरै एमसीसी कार्यान्यन गर्न दबाब दिएको थियो । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार को टोली सांसदमा विचाराधीन रहेको एमसीसी सम्झौता अनुमोदन गराउने प्रयास सोरुप नेपाल आएको थियो तर दलहरु आन्तरीक बिवादमा रहेकाले उनको त्यो प्रयास सफल हुन भने सकेन ।

एमसीसी सम्झौतानको जनस्तरबाट समेत विरोध भइरहेको छ । एससीसी जतिसक्दो चाँडो पारित हुँदा नेपाली अर्थतन्त्रलाई चलयमान बनाउन सहयोग पुग्ने दाबी सुमारले गरेकी थिइन् । उनले सम्झौतापछि नेपालमा ८ वटा सरकार बनेको सबैले कार्यान्वयनका लागि सकारात्मक रहेको जानकारी गराएकी थिइन् ।

उनले नेपालको आग्रहमा एमसीसी आएको बताएकी थिइन । तर जनस्तरबाटै दबाब आएकाले सरकारलाई एमसीसी पास गर्न भने त्यति सहज देखिएको छैन । कार्यकारी अधिकृत र देउवाबिचको भेटलाई अर्थपूण रुपमा हेरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here