प्रधानमन्त्री ओली लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्दै

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्न लागेका छन् । प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।
बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नेगरी बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।




लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्वोधनका लागि निमन्त्रण गरेका थिए । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको हो ।
यस अघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीकै हैसियतमा ओलीले विशेष सम्बोधन गरेका थिए ।
प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन पछि उनले घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्