प्रधानमन्त्री ओलीसंग जसपा अध्यक्ष ठाकुरको भेटवार्ता
फ्रन्टलाइन राजनीति । प्रधानमन्त्री केपी शर्मा अोली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। बिहीबार अध्यक्ष ठाकुर प्रधानमन्त्री अोलीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । निकै चासोका साथ हेरिएको सो भेटवार्ताले राजनीतिक तरंग ल्याइदिएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्रीले जसपाका मागबारे चासो व्यक्त गरेको बताइएको छ । यसैबिचजसपाका माग पूरा गर्न कार्यदलसमेत गठन गरिएको छ।
कार्यदलले जसपाले उठाउँदै आएका सांसद रेशम चौधरी लगायतको रिहाई, संविधान संशोधन लगायतका विषयमा छलफल गरिरहेको छ। कार्यदलमा एमालेको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन।
प्रतिक्रिया दिनुहोस्