प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।
एमाले अध्यक्षसमेत रहेका ओली असार ३० गते नेपाली कांग्रेसको सहयोगमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारमा सहभागी उनलाई एमालेसहित, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् ।
प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका दलले भने विश्वासको मत नदिने भएका छन् । यी दलले विश्वासको मत नदिएपनि दुईतिहाइ मत पक्षमा पु¥याउने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् ।
एमालेले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने भएकाले सांसदहरूलाई ह्विप जारी गरिएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
नेपाली कांग्रेसले पनि आइताबार बिहानको लागि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्न कांग्रेसले पनि आफ्ना सांसदलाई ह्विप जारी गर्ने तयारी गरेको छ । यद्दपी, दुई तिहाइ मत पाउने सम्भावना भने कम देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्