प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

News Summary
Generated by OK AI. Editorially reviewed.
- प्रधानमन्त्री केपी शर्मा ओलीले जापानसँगको मैत्री सम्बन्धको चर्चा गर्दै जलवायु परिवर्तन र पूर्वाधार विकासमा जापानको सहयोगको महत्व व्यक्त गरे।
- जापानको उपविदेशमन्त्री इक्युुना आकिकोले नेपालको आर्थिक, शैक्षिक, र सांस्कृतिक क्षेत्रमा जापानको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरे।
- भेटमा नेपाल र जापानबीच विभिन्न क्षेत्रमा सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो।
३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहेका जापानका उपविदेशमन्त्री इक्युुना आकिकोले आज शिष्टाचार भेट गरेका छन् ।




प्रधाननमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापनबीच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायुु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युुनालाई धन्यवाद दिए ।
प्रधानमन्त्री ओलीले अनुुकूूल पूर्वाधार निर्माण, वातावरणी दिगोपना र विपद् जोखिम न्यूूनीकरणमा जापानी अनुुभव आफूहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।
उपमन्त्री इक्युुनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै बहुुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताए ।
भेटका अवसरमा नेपालका लागि जापानी राजदूत माइदा तोरु, पराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्