प्रधानमन्त्रीले महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने बताए

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने बताएका छन्। 

तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आइतबार बालुवाटारमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले महिलामाथि हुने हरेक हिंसाविरूद्ध काम गरिरहेको पनि बताए। 

frontline

उनले महिला हिंसा, बलात्कार, कुटपिट, अपमान, गालीबेइज्जती, कूप्रथा र कूचलनविरूद्ध संघर्ष जारी रहेको बताए। 

‘हाम्रा आमा दिदी बहिनीहरूलाई बोक्सीको आरोप लगाउने जस्तो भ्रम र अन्धविश्वास छ, जानीजानी, स्वार्थ, अहंकार र पछौटेपन जे भए पनि क्षम्य हुन सक्दैन,’ ओलीले भने। 

सरकारले बलात्कार र एसिड आक्रमणका विरूद्ध कानुन निर्माण गरेर काम गरिरहेको उनले बताए। 

ओलीले महिलालाई पुरुषहरूले सकारात्मक सहयोग गर्नुपर्ने बताए। उनले समान अवसर, साथ सहयोग र हौसला दिनुपर्ने बताए। 

‘महिला हकअधिकारको आन्दोलन उनीहरूको मात्र हो भनेर पुरूषले सोच्नुहुँदैन,’ ओलीले भने।

प्रतिक्रिया दिनुहोस्

poster-here