प्रधानमन्त्रीले गरेको टिप्पणीको कमल थापाद्वारा आलोचना

२५ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको टिप्पणीको आलोचना गरेका छन् ।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत देउवालाई जवाफ लेख्दै ‘राजालाई गाली गरेर राज गर्ने जमाना छैन’ भनेका छन् ।

frontline

प्रधानमन्त्री देउवाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराजालाई राजनीति गर्ने भए चुनावमा प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको उक्त टिप्पणीप्रति जवाफ लेख्दै राप्रपा अध्यक्ष थापाले भनेका छन्, ‘राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुहोस् । न्यायालय हड्तालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन् । संघीय गणतन्त्र असफल भैसक्यो । राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here