प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री र स्वास्थ्यमन्त्रीसँगै बालुवाटार पुगे देउवा

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले छलफल जारी रहेको जानकारी गराए । ‘नियमित भेटघाटका लागि हो । प्रधानमन्त्रीसँग मन्त्रीहरु त नियमित भेट्न भइरहनुहुन्छ नि,’ बजगाईंले अनलाइनखबरसँग भने ।

frontline

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलले गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद चल्न दिएका छैनन् । बुधबार ११ बजेका लागि बोलाइएको संसद बैठक नियमित समयमा सुरु भएको छैन ।

यसै सन्दर्भमा ओली र देउवाबीच मन्त्रीसहित भएको भेटलाई चासोका साथ हेरिएको छ ।

केपी शर्मा ओली |शेरबहादुर देउवा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here