प्रधानमन्त्रीलाई दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनको शुभकामना

शनिबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाएको बधाई सन्देश नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले शुक्रबार हस्तान्तरण गरेका हुन् ।

frontline

बधाई सन्देशका निम्ति कोरियाली राष्ट्रपतिप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन राष्ट्रपति मुनसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताए ।

यस्तै कोरियाका राजदूतसँग द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्नेबारेमा प्रधानमन्त्रीले विचार विमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबारै प्रधानमन्त्री देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरुबीच पारस्परिक हितका विषयसहित कोभिड–१९ विरुद्धको सहयोग  एवम् ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवर्द्धनबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here