प्रधानमन्त्रीद्धारा नागरिक एपको औपचारिक उद्घाटन

फाइल तस्बिर

फ्रन्टलाइन देशदुनियाँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको औपचारिक उद्घाटन गर्नुभएको छ । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्रीले उक्त एपको उद्घाटन गर्नुभएको हो ।

नेपालमा अहिलेसम्म करिब ५ लाख २५ हजारले उक्त एप डाउनलोड गरिसकेका छन्। जसमध्ये १ लाख ९१ हजारले आफ्नो परितचय दर्ता गरेका छन्। ३ हजार बढीले प्रहरी क्लियरेन्स सेवा प्राप्त गरेका छन् भने १० हजारभन्दा बढीले स्थायी लेखा नम्बर प्राप्त गरेका छन्।

frontline

अधिकांश सरकारी सेवा दिने उद्देश्यले सरकारले विस २०७७ माघ २ गते नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको थियो। डिजिटल नेपालको परिकल्पनाअनुसार पछिल्लो समय सार्वजनिक तथा सरकारी सेवाहरू अनलाइनबाट सुचारु भएको छ।

फरक–फरक वेभसाइटहरुबाट भन्दा एउटै एपबाट सहज होस् भनेर सरकारले एकिकृत गर्न नागरिक एप ल्याएको हो। यसमा नागरिक पासपोर्ट र मतदाता कार्ड समावेश गर्न मिल्छ।

प्रतिक्रिया दिनुहोस्

poster-here