प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द, राष्ट्रको अहितमा हुने कुनै सन्धि–सम्झौतामा हस्ताक्षर नगर्न ९ कम्युनिस्ट पार्टीको माग

१ असार, काठमाडौं । विभिन्न ९ वटा कम्युनिस्ट पार्टीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्ताबेज सार्वजनिक भएको भन्दै सोप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

एसपीपी हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अङ्ग भएको ९ पार्टीले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।

frontline

गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी अमेरिका भ्रमणमा एसपीपीलगायत विभिन्न प्रकारका राष्ट्रघाती सम्झौताहरूमा हस्ताक्षर हुने खतरा बढेको विज्ञप्तिमा औंल्याइएको छ ।

त्यस्तै प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न र राष्ट्रको अहितमा हुने गरी कुनै पनि प्रकारका सन्धि–सम्झौतामा हस्ताक्षर नगर्न माग गरिएको छ ।

नेपालको संसदद्वारा एमसीसी पारित गरिएको घोषणा भएपछि नेपालमाथि अमेरिकाको हस्तक्षेप एकाएक बढेको ९ पार्टीको ठहर छ ।

विज्ञप्ति निकाल्ने दलहरुमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा (बहुमत), नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, ऋषिराम कट्टेलको नेकपा, (माओवादी समाजवादी), नेकपा मसाल, जन समाजवादी मञ्च रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here