प्रधानमन्त्रीका वरिपरि रहेकाहरूले गृहमन्त्री बन्ने बाटो छेके: महेश बस्नेत

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा गृहमन्त्री बन्ने दौडमा थिए, महेश बस्नेत ।

बस्नेतका अनुसार मन्त्रिपरिषद् विस्तारको अघिल्लो साँझ उनको नाम फाइनल भइसकेको थियो र बधाई समेत आउन थालिसकेको थियो ।

frontline

तर ८ जेठमा खगराज अधिकारीलाई गृहमन्त्रीको शपथ गराइयो । बस्नेत प्रधानमन्त्रीका वरिपरि रहेकाहरूले आफ्नो गृहमन्त्री बन्ने बाटो छेकेको बताउँछन् ।

प्रधानमन्त्री सहित शीर्ष नेता बसेर नाम टुंगो लगाउनुभएको थियो । आन्तरिक रूपमा बधाई पनि लिइसकेको थिएँ । पछि मेरो नाम आएन । तर यसलाई स्वाभाविक रूपमा लिएको छु ।

एमालेभित्रका कतिपय साथीलाई आफ्नो राजनीतिक भविष्य अन्योलमा पर्छ भन्ने लागेको हुनुपर्छ । महेश बस्नेत गृहमन्त्री बन्दा आफ्नो भविष्य संकटमा पर्ने देखेर चलखेल भयो । तर म द्वन्द्वात्मक भौतिकवादमा विश्वास राख्ने भएकाले पार्टीभित्र हुने आन्तरिक जीवनको प्रतिस्पर्धालाई स्वीकारेर आएको हुँ ।

जसको दक्षता, क्षमता र जनतामा लोकपि्रयता हुन्छ, उसले जालसाजीको प्रक्रिया अपनाउनुपर्दैन । आफ्नो कार्यशैलीलाई प्रभावकारी ढंगले बढाए पुग्छ । कामबाट नै स्थापित हुनेमा जोड दिनुपर्छ ।

तर जो साथीहरूमा ती गुणहरू हुँदैनन्, उनीहरू चाकडी, जालसाजी र घेराबन्दीको कार्यशैली अपनाउँछन् ।

चुनावका बेला महेश बस्नेत मन्त्रालयमा सीमित नरहेर देशभर पुगोस् भन्ने दृष्टिकोणले पनि काम गरेको हुनसक्छ । विगतको संकटहरूमा पनि देशभर कुदेर जनपरिचालन गरें, त्यो महसूस फेरि भएको हुन सक्छ ।

नामै त नभनौं । तर प्रधानमन्त्रीको वरिपरिका साथीहरू हुन् । गृह जतिको वजनदार मन्त्रालय मैले पाउँदा मेरो समकक्षी ठान्ने वा सिनियर सम्झनेहरूले आफ्नो राजनीतिमा असर पर्ने देखेर घेराबन्दी र लविङ गर्नुभयो । त्यो त मेरोबारे उहाँहरूको सही मूल्याङ्कन हो ।

सेवा, सुविधा र पदका लागि अभियान चलाउने र लविङ गर्ने नेचर मेरो छैन । मन्त्री पाउने वा नपाउने ठूलो कुरा पनि होइन । जनताको बीचमा कति स्थापित भइरहेको छु भन्ने प्रमुख कुरा हो ।

यसलाई आफूले स्वाभाविक रूपमा लिने तर, सल्लाहकारहरूबारे प्रधानमन्त्रीले सोच्नुपर्ने उनी बताउँछन् ।

‘उहाँ (प्रधानमन्त्री)को जुन खालको सल्लाहकारको समूह छ, त्यसमा विचार गर्नुपर्छ । उनीहरूले उहाँलाई बचाउने भन्दा पनि विवादित गराउने भूमिका खेलिरहेका छन् ।

ती साथीहरूबारे प्रधानमन्त्रीले सोच्नुपर्छ भन्ने पूर्व सांसदहरूको ठूलो संख्या छ’, बस्नेत भन्छन् ।

तर राष्ट्रिय राजनीतिबारे भने बस्नेत पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग शतप्रतिशत सहमत छन् ।

भन्छन्, ‘शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो भने पनि मुलुक जाने त चुनावमै हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here