प्रधानन्यायाधीश राणा अस्वस्थ

काठमाडौं । सर्वोच्च अदालतले सोमबारका लागि संवैधानिक इजलाश तोकेको छैन ।

प्रतिनिधि सभा विघटनविरुद्ध संसदमा रहेका विपक्षी दलका सांसदहरुसहितले दिएको ३० वटा रिटमाथि सुनुवाई गर्नुपर्ने संवैधानिक इजलाश आजका लागि नतोकिएको हो ।

frontline

इजलाश नबस्नुको कारण खुलाइएको त छैन तर सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अस्वस्थ भन्ने खबर आएकाले इजलाश नतोकिएको जानकारी दिनुभयो ।

आइतबार मात्र प्रधानन्यायाधीश राणाले आफूसहित सर्वोच्चका वरिष्ठतम् न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहने गरी संवैधानिक इजलाश पुनर्गठन गर्नुभएको थियो ।

यसअघि, इजलाशमा राखिएका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीका बारेमा रिट पक्षका वकीलहरुले प्रश्न उठाएपछि प्रधानन्नयायाधीश राणाले इजलाश पुनर्गठन गर्नुभएको थियो ।

नयाँ इजलाशमा रहेका न्यायाधीशहरूमाथि पनि महान्यायाधिवक्तासहितका सरकारी पक्षका वकीलहरुले प्रश्न उठाउँदै इजलाश परिवर्तन गर्न दबाब दिँदा आइतबारको बहस विषयमा प्रवेश नै गर्न पाएको थिएन ।

आइतबारको सुनुवाइमा प्रधानमन्त्री केपी ओलीलाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन आदेश माग गर्दै रिट दिएका चार जनाले संवैधानिक इजलाशको रोस्टरमा भएका कुनै पनि न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने जिकीर गर्दै निवेदन दिएका थिए ।

खासगरी हाल इजलाशमा तोकिनुभएका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराई हट्नुपर्ने दबाब महान्यायाधिवक्तासहितले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here