प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन गर्ने निर्णय
१३ कार्तिक, काठमाडौं : नेपाल बार एसोसियसनले आइतबारदेखि कालोपट्टी बाँधेर विरोध गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आन्दोलन गर्ने निर्णय गरेको बारले तत्काल भद्र अवज्ञा गर्ने भएको हो ।
शुक्रबार बसेको बारको बैठकले न्यायाधीशहरुलाई प्रधानन्यायाधीश बाहेकको इजालसमा बस्न आग्रह गर्ने निर्णय गरेको छ । यस्तै बैठकले देशभरका ९० वटा इकाइमा परिपत्र पठाउने निर्णय गरेको छ।
कात्तिक १४,१५,१६ र १७ गते कालोपट्टी बाँधेर सर्वोच्च अगाडि प्रदर्शन गर्ने भएको छ। यस्तै बैठकले १७ गते धर्ना दिने निर्णय गरेको छ।
बारका केन्द्रीय सदस्य बालकृष्ण गैरेका अनुसार बारले केहिबेरमा विज्ञप्ति जारी गरेर आन्दोलनका थप कार्यक्रमबारे जानकारी गराउनेछ ।
प्रतिक्रिया दिनुहोस्