प्रधानन्यायाधीशले तोके ११ इजालस
१० कात्तिक, काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालस तोकेका छन् । विवादमा फसेका जबराले राजीनामा दिएर निकास दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजालस तोकेका हुन् ।
सर्वोच्चको १५ जना न्यायाधीश प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन । मंगलबार न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँग छलफल गरेका थिए ।
उक्त छलफलमा आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट जाने बताएका थिए । कसैले सडकबाट माग्दैमा आफूले राजीनामा नदिने जबराको अडान सुनेपछि न्यायाधीशहरु थप छलफल गरेका थिए ।
उनीहरुले यसबारे आज पनि छलफल गर्दै छन् । न्यायाधीशहरु छलफलमा व्यस्त हुने भएकाले आज प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा बस्ने सम्भावना निकै कम छ ।
प्रतिक्रिया दिनुहोस्