प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने तयारीमा बार एसोसिएसन

श्रोत : ईन्टरनेट

२८ कार्तिक, काठमाडौं । करिब तीन हप्तादेखि आन्दोलित नेपाल बार एसोसिएसनले  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आइतबार पनि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने तयारीमा जुटेको छ।

बारले  सर्वोच्च प्रवेश गर्ने दुईवटै गेटमा धर्ना दिने तयारी गरेको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले दुईवटै गेटमा आफूहरुले धर्ना दिने जानकारी  प्रहरीलाई गराइसकेको बताएका छन्।

frontline

यसअघि शुक्रबार पनि बारले मुख्य गेटमा धर्ना दिएपछि प्रधानन्यायाधीश  जबरा वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका थिए।   बारले सम्पूर्ण कानुन व्यवसायीहरुलाई आइतबार बिहान ९ बजे बारमा उपस्थित हुन आह्वान गरिसकेो छ। यता सर्वोच्च अदालतका १९ न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन्। न्यायाधीशले बेन्च बहिरष्कार गरेपनि प्रधानन्यायाधीशले भने इजलास गठन गर्न छोडेका छैनन्।

कानुन व्यवसायीहरुले बहस पैरबी नगर्ने घोषणा गरिसकेका छन्। उनीहरुले प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन जारी राख्ने  बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here