प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि बारको धर्ना
२९ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा कानून व्यवसायीहरूले आज पनि धर्नालाई निरन्तरता दिँदैछन् ।
सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बस्नुअघि कानून व्यवसायीहरू नेपाल बार एसोसिएसनको भवनमा ब्यानरसहित भेला भएका छन् ।
न्यायालयमा देखिएका तमाम् विकृति र विसंगतिका संरक्षक प्रधानन्यायाधीश जबरा रहेको भन्दै बारले उनको राजीनामा नआएसम्म आन्दोलन नरोकिने बताएको छ ।
शुक्रवार र आइतवार बारले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएर प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने प्रयास गरेको थियो । यद्यपि जबरा भने महान्यायाधिवक्ताको कार्यालयतर्फको गेट प्रयोग गरी सर्वोच्चमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्