प्रदेश १ मुख्यमन्त्री भीम आचार्यका भाई मृत भेटिए

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री बन्दै गरेका एमाले नेता भीम आचार्यका भाई मृत फेला परेका छन् ।

सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरमा बिहीबर उनी मृत फेला परेका हुन् ।

frontline

५९ वर्षीय राम आचार्यलाई मृत फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिनुभयो।

कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव फेला परेको प्रहरीले जनाएको छ । उनलाई मधुमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरानै समस्या थियो ।

घटनालगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here