प्रदेश १ मा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुँदै

फ्रन्टलाइन, राजनीति । प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ। बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठक सोमबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ।

तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा गत पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। प्रस्तावमा हस्ताक्षर गरेका माओवादीको तत्कालीन संसदीय दलका नेतासहित २३ जनाले हस्ताक्षर फिर्ता लिएपछि माओवादी प्रस्ताव फिर्ता लिन बाध्य भएको हो।

frontline

अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबल भइसकेकाले प्रस्तावकले फिर्ता लिने प्रस्ताव बैठकमा लगेर पारित गराउनुपर्छ । अविश्वास प्रस्तावकै कारण चालु प्रदेशसभाको हिउँदे अधिवेशनको एउटा मात्रै पूर्ण बैठक बसेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here