प्रदेश सांसद किशोरी यादवको पहलमा बौद्धिमाईमा २ करोडको बिकास हुदै

मेवालाल यादव रौतहट । पौष २६ गते बौद्धिमाई नगरपालिकाको वड़ा नं.३ र ४ को बीचमा पर्ने इनरवारी ज्युताहिमा २ करोड़ लागतको स्टेज बोरिंग जडान कार्य सुनिश्चित भएको छ । रौतहट निर्वाचन क्षेत्र नं. २ “ख” बिधानसभाको निर्वाचित सदस्य प्रदेश सांसद रामकिशोर यादव उर्फ किशोरी यादवको पहलमा सर्लाही सिचाई योजनाको आयोजना तथा प्रदेश नं. २ को सहयोगमा बौद्धिमाई नपामा स्टेज बोरिंग जडान कार्य सुरु भएको हो । आज एक समुह बिच बोरिंग जडानको लागि प्रदेश सांसद यादव र नगर प्रमुख राजीव रंजन यादव लगायत स्थानीय भद्रभलादमीको रोहबरमा जग्गा छनोट कार्य सम्पन्न भएको छ । बौद्धिमाई नगरपालिकाका नगर प्रमुख राजीव रंजन यादवको सक्रियतामा बोरिंग जडान कार्य यही पौष २६ गते आइतबार देखी सुरू भएको हो । बोरिंग जडानले नपाका दुइ ओटा वड़ाका सयौ किसान तथा पचासौ बिगहा जग्गामा भइरहेको पानीको अभाव समाप्त हुने प्रदेश सांसद यादवले बिश्वास राखेका छन । बितेका दिनमा किसानहरुले पानीको अभावले भोगदै आइरहेको समस्यालाई ध्यानमा राखेर सम्पूर्ण किसानको पीडालाई सकेसम्म कम गर्ने उद्देश्य लिई लागिपरेको र आउदो समयमा किसानलाई परेको बेला सहयोग गर्न हरदम तैयार रहेको बौद्धिमाई नपाका नगर प्रमुख राजीव रंजन यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here