प्रदेश सरकार भएको आभाष नै भएन ः इवन राई

फ्रन्टलाइन पालिका । खोटाङ्ग जिल्लामा अवस्थित हलेसी तुवाचुङ्ग नगरपालिकाका नगरप्रमुख इवन राईले प्रदेश १ को सरकारले स्थानिय तहलाई बेवास्ता गरेको बताउनुभएको छ । सामाजिक संजालमा आफ्ना भनाई साट्दै नगरप्रमुख राईले विकास निर्माण, समृद्धि , सुशासन तथा महामारीका सबालमा प्रदेश १ सरकार बेखबर झैँ बनेको उल्लेख गर्नुभएको छ ।
राईको फेसबुक स्ट्याटसमा भनिएको छ ः न विकास निर्माण,न सम्वृद्धि, न सुशासन, न महामारीमा देखा पर्छ प्रदेश सरकार ! कहाँ र कहिले प्रदेश सरकार भएको महसुस गर्न पाउछौ होला हामीले ?
यस्तै नगरप्रमुख राईले मध्यरातमा आएको अध्यादेशबारे समेत कटाक्ष गर्नुभएको छ । उहाँले लेख्नुभएको छ ः बरू मध्यरात मै भए पनि संघिय सरकार प्रतिनिधि सभा विघटन र अध्यादेश जारी गर्दै देखा पर्दैछ ।
नगरप्रमुख राईको नेतृत्वमा हलेसी तुवाचुङ्गबासीले धेरै कुरामा परिवर्तन गर्न पाएका छन् । देशभरका अधिकांश स्थानिय तह जनतालक्षित भएर काम गरिरहेका बेला संघ र प्रदेश सरकार भने राजनीतिक खिचातानीमै व्यस्त रहेको आभाष गर्न थालेका छन् आम नागरिकले ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here