प्रदेश जनलोकपाल आयोगको गठन, नवनियुक्त पदाधिकारीहरुले गरे सपथ एवं पदभार ग्रहण

मेवालाल यादव,

जनकपुरधाम, भदौ २२ गते । प्रदेश २ सरकारले प्रदेशमा आर्थिक सुशासन कायम गर्न प्रदेश जनलोकपाल आयोग गठन भएको छ ।

frontline

मंगलबार आज अध्यक्ष सहित तीन सदस्यीय रहेको उक्त आयोगमा नव नियुक्त अध्यक्ष राम सहाय यादव, सदस्य शोभा महतो र राजकिशोर साहलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद गोपनीयताको सपथ ग्रहण गराइएको छ ।

यससँगै सो अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देव, प्रमुख सचिव हरि प्रसाद मैनाली सहित प्रदेश सरकारका सचिवहरुको उपस्थिति रहेको थियो ।

यद्यपि आयोगका नवनियुक्त पदाधिकारीहरुले ग्रमिण प्रशिक्षण केन्द्र मुजेलिया स्थित आयोगको कार्यालय पुगि आजै पदभार ग्रहण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here