प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो संयोजक
२९ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले प्रदेश अधिवेशनका लागि संयोजक तोकेको छ । आज पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानिलकण्ठमा बसेको बैठकले अधिवेशनका लागि संयोजक तोकेको हो ।
बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूलाई अधिवेशनका लागि संयोजकको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गगनकुमार थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्