प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही सिफारिस
प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गर्न नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले सिफारिस गरेको छ ।
दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित रेग्मी एमाले प्रवेश गरेपछि उनलाई कारबाहीका लागि सिफारिस गरिएको हो ।
माओवादी प्रमुख सचेतक सीता नेपालीले दलको बैठकमा नआएका कारण रेग्मीलाई स्पष्टीकरणसमेत सोधिएको बताइन् । उनका अनुसार आवश्यक कारबाहीका लागि प्रदेश कमिटीमार्फत केन्द्रमा सिफारिस गरिएको छ ।
एमालेले रेग्मीलाई केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्