प्रदेशको नाम मधेस प्रदेश नभए राजधानी जनकपुरधाम हुदैन : बिधायक यादव
मेवालाल यादव
९ पुस, जनकपुरधाम । प्रदेश २ का प्रदेश सान्सद तथा रौतहटका चर्चित बिधायाक रामकिशोर राय यादवले प्रदेशको नाम मधेस प्रदेश नभए राजधानी जनकपुरधाम नहुने बताएका छन्।
शुक्रवारको प्रदेशसभा बैठकमा बोल्दै यादवले नाम मधेस प्रदेश नभए राजधानी पनि जनकपुरधाम नहुने बताएका हुन्।
प्रदेशको नाम र राजधानी राजनीतिक सवाल रहेको भन्दै रामकिशोर यादवले भने, ‘राजनीतिक सवालमा राजा जनक र माता जानकीसँग जोडेर बहस गरे कहिल्यै प्रदेशको नाम र स्थायी राजधानी दिन सक्दैनौँ।
स्थायी राजधानी र नामको जब चर्चा हुन्छ, अनि जनकपुरधामलाई सहर्ष स्वीकार गर्ने, भोजपुरावासी, बज्जिकावासीको आत्मामा चोट नपुगोस्, यो मेरो मिथिलावासीसँग आग्रह हो।’
रामकिशोर यादवले नाम र राजधानी मिथिलाकै पक्षमा नहुने बताउँदै भने, ‘यदी तपाई चाहनुहुन्छ कि चित पनि मेरो र पट्टपनि मेरो तब हुन सक्छ हामी पनि स्थायी राजधानीलाई भन्छौँ
भोजपुरा तर्फ लगौँ, यदी मधेस तपाईलाई पसन्द छैन भने जनकपुरधामपनि हामीलाई पसन्द छैन।’
प्रतिक्रिया दिनुहोस्