प्रत्येक वडामा माटो परीक्षण गर्दै हेलम्बु गाउँपालिका
हेलम्बु गाउँपालिकाले माटोको उर्वराशक्ति जोगाउने भएको छ । सबै वडाममा पुगेर माटोको नमुना लिई माटो परीक्षण गर्ने र सोहीअनुसार मलजलको व्यवस्थाका लागि परामर्श तथा उपचार गरिने गाउँपालिकका वरिष्ठ शाखा अधिकृत राजुभाइ श्रेष्ठले बताए ।
माटो परीक्षणका लागि गाउँपालिकाले यही कातिक १९ गतेदेखि २२ गतेसम्म शिविरको आयोजना गरेको छ । वडा कार्यालय, तिम्बु र किउलमा १९ गते शिविर माटो परीक्षण शिविर राखिएको छ ।
त्यस्तै, वडा कार्यालय, पाल्चोक र ग्याल्थुममा कातिक २० गते, वडा कार्यालय, छाँजोगाङमा कातिक २१ गते र वडा कार्यालय, इचोक र मँहाकालमा कातिक २२ गते शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्