प्रतिलिपि अधिकार हनन बारे..
सम्माननीय रास्ट्रपति ज्यु, रास्ट्रपति भवन शीतल निवास काठमाडौँ,
बिषय : प्रतिलिपि अधिकार हनन बारे विभिन्न निकायमा दिएको निबेदन उपर सोधी खोजि गरिदिनुहुन ।
२९ भदौ, काठमाडौं । महोदय उपर्युक्त बिषयमा अमेरिकी सरकारको सम्बन्धित निकायमा हाम्रो संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनको नाममा ट्रेडमार्क दर्ता भई ( Dec. २४, २०२१ ) प्रयोगमा आइरहेको लोगो नेपाल स्थित पररास्ट्र मन्त्रालयमा दर्ता भई क्रियाशील गैर आवासीय नेपाली संघ नामक संस्था र यसका विभिन्न देशमा रहेका रास्ट्रीय समन्वय समिति हरुले समेत अनधिकृत रूपमा प्रयोग गरिरहेको पाइएको र पटक पटक पत्राचार गर्दा पनि यो क्रियाकलाप नरोकिएकोले हाम्रो प्रतिलिपि अधिकारको गम्भीर हनन भएको छ ।
नेपालको संबिधान अनुसार दर्ता भएको संस्थाले कुनै अर्को संस्थाको प्रतिलिपि अधिकार हनन गर्नु प्रतिलिपि अधिकार सम्बन्धि कानुन बिपरित कार्य हो । यस सम्बन्धमा हामीले न्यायिक निकाय नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय,गैर आवासीय नेपाली संघलाइ नियमन गर्ने निकाय पररास्ट्र मन्त्रालय, कानुन तथा संसदीय ब्यबस्था मन्त्रालय ,संचार तथा सूचना प्रबिधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निबेदन दिई सकेका छौ।
तर लामो समय सम्म माथि उल्लेखित कुनैपनि निकाय बाट निबेदन उपर कारबाहीको प्रक्रियानै अगाडी बढाइएको छैन । जसले गर्दा गैर आवासीय नेपाली संघ हाम्रो प्रतिलिपि अधिकार हनन गर्न झन् उद्दत देखिएको छ । यस कारण हामीलाई नेपालको राज्य प्रसासन कमजोर हुदै गएको र दण्ड हिनता मौलाएको आभाष हुदै गएको छ। जुन कुरा एउटा सार्वभौम रास्ट्रका लागि सुखद बिषय हुदै हैन।
यसकारण यो बिषय हेर्ने र हामीले परिपत्र गरेका कार्यालय हरुमा यस सम्बन्धमा के कसो कारबाही हरु हुदैछ चासो सहित परिपत्र गरिदिनु हुन सबिनय अनुरोध गर्दछौ। यो बिषय नेपाल सरकारले समाधान नगरे हामी बाध्य भएर अन्तरास्ट्रिय अदालतमा जानुपर्ने भएकोले यस तर्फ गम्भीर हुन पनि अनुरोध गर्दछौ। धन्यबाद ! माधब मरासिनी अध्यक्ष एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन
प्रतिक्रिया दिनुहोस्