प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी

५ भदौ, काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी गरिएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने सम्भावना रहेको स्रोतले बतायो ।

संसद सचिवालय स्रोतले भन्यो, ‘कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरु व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गर्नेबारे छलफल भइरहेको छ ।’

frontline

गएराति साढे ९ बजे कांग्रेस नेता गिरिको निधन भएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । त्यसपछि अन्त्येष्टि गर्ने कार्यक्रम छ ।

अन्त्येष्टिपछि संसदबाट शोक प्रस्ताव पारित गर्ने चलन छ । आज संसद बैठक स्थगित गर्ने र गिरिको निधनमा शोक प्रस्ताव सोमबारको बैठकमा गर्ने गरी संसद सचिवालयमा छलफल भइरहेको स्रोतले बतायो । ‘आज संसद बैठक स्थगित हुने धेरै सम्भावना छ,’ स्रोतले भन्यो ।

समाजवादी चिन्तक गिरि २०७४ सालको आम निर्वाचनमा सिरहा क्षेत्रनम्बर १ बाट निर्वाचित भएका थिए । २०६३ सालको पुनर्स्थापित संसदमा मनोनीत भएका उनी २०६४ र ०७० सालमा समानुपातिक सांसद भएका थिए । २०५१ मा सिराहा–५ बाट निर्वाचित भएका उनी र २०५६ मा भने पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here