प्रतिनिधि सभा बैठक भोली ११ बजे बस्ने
३० साउन, काठमाडौं । प्रतिनिधि सभा बैठक मंगलबार बस्ने भएको छ । मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रतिनिधि सभाका सचिवले राष्ट्रपतिबाट पुर्नविचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको जानकारी गराउने कार्यसूची रहेको छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको जानकारी गराउने कार्यसूूची छ ।
प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दशन शर्माले ‘‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९, लाई पारित गरियोस्’’ भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
यस्तै, कृषि तथा पशुपन्छि विकास मन्त्री मृगेन्द्रकुुमार सिंह यादवले ‘‘कृषि, सहकारी तथा स्रोत समितिको प्रतिवेदनसहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि छलफल गरियोस्’’ भनी प्रस्ताव प्रस्तुुत गर्ने कार्यसूची रहेको छ ।
‘‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ लाई पारित गरियोस्’’ भनी प्रस्ताव प्रस्तुुत गर्नुहुनेछ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूति मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाको सन्देशसहितको ‘‘स्टान्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’’ भनी प्रस्ताव प्रस्तुुत गर्नुहुनेछ ।
राष्ट्रिय सभाको सन्देशसहितको ‘‘स्टान्डर्ड नाप र तौल (पाचौ संशोधन) विधेयक, २०७८ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची समेत रहेको छ ।
यस्तै, राष्ट्रिय सभाको ‘‘प्रत्यायन विधेयक, २०७८ माथि माथिको दफावार छलफल सदनमा गरियोस्’’ भनी प्रस्ताव प्रस्तुुत हुनेछ ।
यी हुन् सम्भावित कार्यसूची
प्रतिक्रिया दिनुहोस्