प्रतिनिधि सभाबाट नागरिकता विधेयक अघि बढ्यो

फाइल तस्बिर

२९ असार, काठमाडौं । प्रतिनिधि सभाबाट नागरिकता विधेयक अघि बढेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक पेश गरेका छन् ।

एमाले र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले यो विधेयक अगाडि नबढाउन माग गर्दै विरोधका सूचना दर्ता गराएका थिए ।

frontline

उक्त सूचना अस्वीकृत भएपछि विधेयक अघि बढाउन बाटो खुलेको हो । अब संसदमा विधेयक माथि दफावार छलफल हुनेछ ।

बैठकमा एमाले सांसद भीम रावल, शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।

सांसद  रावलले नागरिकता जस्तो संवेदनशिल विषयमा दुई/दुइ वर्ष गरेको अभ्यासलाई निरर्थक नबनाउन सरकारलाई आग्रह गरे ।

संसदमा बोल्दै सांसद रावलले नागरिकता सम्बन्धी विषय अत्यन्तै संवेदनशिल रहेको भन्दै यो विषयलाई उदार बनाउन नहुने बताए ।

उनले भने,’संवेदनशिल भूराजनीति अवस्थामा महिलालाई विहे गर्दा वित्तिकै नागरिकता दिनुपर्छ । त्यसो भए नेपाली महिलाले विदेशमा विहे गरे सजिलै नागरिकता पाउनुपर्छ कि नाई ? महिलाको अधिकार हनन् गर्ने विषय होइन । अंगीकृत नागरिकलाई प्रकृया पुरा गरेर नागरिकता दिनुपर्छ ‘  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here