प्रतिनिधि सभाको बैठक भोलि बस्ने

१५ माघ, काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (आइतबार) बस्ने भएको छ। यसअघि माघ ३ गते डाकिएको प्रतिनिधिसभा बैठक कोरोना जोखिमको मध्यनजर गर्दै स्थगित भएको थियो।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०७८ साल माघ ३ गते सोमबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक कोभिड-१९ को बढ्दो संक्रमणको कारण उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले बैठक मिति २०७८ साल माघ १६ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

frontline

त्यसअघि आइतबार बिहान सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्य व्यवस्था परामर्श समितिको बैठक डाकेका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here