प्रतिनिधिसभा बैठक माघ ३ गतेका लागि सारियो

२६ पुस, काठमाडौं । पुस २८ गते बोलाइएको प्रतिनिधिसभाको बैठक माघ ३ गतेसम्‍मका लागि सारिएको छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज (सोमबार) एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्‍ने बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन्।

frontline

यसअघि पनि बैठक बस्दै नबसी स्थगित पुस २८ गतेका लागि सारिएको थियो। त्‍यसअघि पनि माओवादी केन्द्रको महाधिवेशन चलिरहेको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि सारिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here