प्रतिनिधिसभा बैठक बस्दै, विभिन्न विधेयक पेश गरिदै
६ असार,काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँवानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा विभिन्न विधेयक दफाबार छलफलका लागि पेश गरिनेछ ।
गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेश गर्ने संसद सचिवालयको सम्भावित कार्यसूची छ ।
यस्तै आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जानकारी दिएको छ ।
अर्थ मन्त्री जनार्दन शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया दिनुहोस्