प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
News Summary
Generated by OK AI. Editorially reviewed.
- प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवनमा बस्दैछ ।
- बैठकमा विभिन्न विधेयक र राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको छ।
- महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन र कृषि सहकारी समितिको प्रतिवेदन पनि पेस हुने सम्भावना छ।
२३ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने छ ।
आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने छन् ।
आजको बैठकमा महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुने सम्भावित कार्यसूची छ ।






प्रतिक्रिया दिनुहोस्