प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

६ फागुन, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको बैठक बस्नु अघि बोलाइएको समितिको बैठक बसिरहेको हो ।

एमसीसीको बिषय पेचीलो बन्दै गएपछि सभामुख अग्नि सापकोटाले उक्त बैठक बोलाएका हुन् ।

frontline

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबुल गर्न दवाव दिइरहेको अवस्थामा बैठक बसिरहेको हो ।

यद्यपि आज बस्ने संसदको बैठकमा एमसीसी कार्यसुचीमा परेको छैन ।

एमसीसीको बिषयमा समहति नजुटिरहेकै आवस्थामा आज १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ ।

संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एजेण्डा मात्रै आजको कार्यसुची रहेको छ ।

आजै बसेको सत्ता गठबन्धनको बैठक अर्को फागुन ८ गते बस्नेगरी सरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here