प्रतिनिधिसभाका १० संसदीय समिति गठन

काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समिति गठन भएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकले विषयगत समिति गठन गरेको हो ।

सभामुख डीपी अर्यालले प्रतिनिधिसभा अन्तर्गतका १० वटा समितिमा रहने सांसदहरूको नामावली प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेका थिए । 

frontline

प्रतिनिधिसभा अन्तर्गतका १० समितिमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, कृषि, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, शिक्षा र सार्वजनिक लेखा समिति रहेका छन् । 

त्यस्तै, संसदीय सुनुवाइसहितका संयुक्त समितिलाई पनि प्रतिनिधिसभाले पूर्णता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here