प्रतिक्रियावादीहरुले टाउको उठाए, अब माओवादी पुन जाग्छ : प्रचण्ड
१८ कार्तिक, काठमाण्डु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब माओवादी पुन जाग्ने बताएका छन् ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले केहि वर्षयता सिथिल जस्तो देखिएका कारण प्रतिक्रियावादीहरुले टाउको उठाएको भन्दै प्रचण्डले अब माओवादी पुन जाग्ने बताएका हुन् ।
‘माओवादी जागन् खोजेको छ । हामीले फेरि एकपटक उत्पिडितका मुद्दा र समाजवादी क्रान्तिको रणनितिको मुद्दा लागू गर्न क्रान्तिकारी पार्टी बनाउनका लागि जस्तो सुकै आन्दोलन गर्न संकल्प गर्नुपर्छ ।
माओवादी केही वर्षयता केही सिथिल जस्तो देखिएका कारण प्रतिक्रियावादीहरुले टाउको उठाएका छन् । षड्यन्त्र पूरै सकिएको छैन । अब माओवादी पुनः जाग्नेछ ।’
उनले ६ वटै प्रदेश सरकार गठबन्धनको हातमा आइपुगेको भन्दै यो सानो दुःखले सम्भव नभएको बताए । ‘मिलेर आन्दोलनमा जाँदा जित जनताकै हुनेरहेछ । जतिसुकै सेटिङ भएपनि,’ उनले भने, ‘६ वटै प्रदेश सरकार गठबन्धनकै हातमा आइपुगेको छ, यो सानो दुखले आएको होइन ।’
माओवादीलाई क्रान्तिकारी पार्टी बनाइ छाड्ने संकल्पलाई पूरा गर्नुपर्ने उनले बताए । विचारधारात्मक प्रश्नमा जति छलफल र प्रशिक्षण गर्नुपर्ने हो त्यसो नुहँदा माओवादीमा वैचारिक अस्पष्टता आएको प्रचण्डको भनाई छ ।
माओवादी सकियो भनेर केहीले ठूलो प्रचार गरेको भएपनि प्रतिगमन विरोधि आन्दोलनका माध्यमबाट आफूहरु सिद्धिएका रहेनछौं भन्ने देखिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्