प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि उपस्थित नहुने

२७ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (मंगलबार) प्रतिनिधि सभामा बोल्दैछन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर जाने भएकाले प्रचण्ड बोल्दा प्रतिनिधि सभामा अनुपस्थित रहनेछन् ।

सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रचण्डले संसदलाई गर्ने सम्बोधनबारे छलफल भएको थियो । छलफलपछि प्रचण्डले सम्बोधन गर्ने तय भएको हो ।

frontline

यसअघि गत माघ २४ गते प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । त्यतिबेला प्रचण्डले प्रधानमन्त्री ओली उपस्थित नभएकोमा गुनासो गरेका थिए ।

‘संसदीय लोकतन्त्रको परम्पराअनुुसार सत्तापक्षको तर्फबाट बोल्दा प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्षी दलका नेताहरू उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधनमन्त्री उपस्थित रहने परम्परा छ’ प्रचण्डले भनेका थिए ।

यो पनि पढ्नुहोस

प्रचण्डले संसद‍्मा ओली खोजे, देउवालाई सोधे

प्रधानमन्त्री आउँदै छन् होला भनेर प्रचण्ड आफ्नो भनाइमा अगाडि बढेका थिए । तर, त्यस दिन प्रधानमन्त्री ओली उपस्थित भएनन् । सो समयमा प्रधानमन्त्री ओलीले टिकटकरलाई बालुवाटारस्थित निवासमा भेटेको तस्वीर सार्वजनिक भएको थियो ।

मंगलबार प्रचण्ड बोल्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित रहने भएका छन् । किनभने प्रधानमन्त्री ओली कोशी प्रदेश सभालाई सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न विराटनगर जाने छन् । प्रधानमन्त्री ओलीले दिउँसो २ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यसकारण पनि प्रधानमन्त्री ओली प्रतिनिधि सभाको बैठकमा उपस्थित रहने छैनन् ।

मंगलबार प्रतिनिधि सभामा आकस्मिक र शून्य समयपछि प्रचण्डले सम्बोधन गर्ने तयारी रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

त्यसपछि विशेष समयमा सांसदहरूले विभिन्न विषय उठाउनेछन् । यसका अलावा सभामा आमसञ्चार विधेयक अगाडि बढाउने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने, एमाले-कांग्रेसले लगाए ह्विप

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले आमसञ्चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसका अलावा मंगलबार प्रतिनिधि सभामा उपभोक्ता अदालत गठनको सूचना संसदमा टेबुल गर्ने कार्यक्रम छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालत गठन सम्बन्धी सूचना टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

मंगलबार मोन्ट्रियल प्रोटोकल किगाली संशोधन संसदले अनुमोदन गर्ने कार्यक्रम पनि छ । प्रतिनिधि सभाको बैठकमा वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधन अनुमोदन गर्न सभामा प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here