‘प्रचण्ड’ र माधव नेपाल पुगे बालुवाटार प्रधानमन्त्री देउवासँग भेट्न

बिहीबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुग्नु भएको छ ।

एमालेसँग पार्टी विभाजन गरेको २४ घण्टापनि नबित्दै माओवादी केन्द्र र एमाले समाजवादीका अध्यक्ष बालुवाटार पुग्नुलाई महत्वका साथ हेरिएको छ ।

frontline

सत्ता साझेदारका रुपमासमेत रहेका यी दलहरुबीच आजै मन्त्री बाँडफाँड गर्ने सम्भावना पनि बलियो छ ।

यद्यपि यो भेटलाई बाहिर भने राजनीतिक भेट मात्रै भनिएको छ ।

एमाले तथा जनता समाजवादी पार्टी जसपा टुक्याउन सहज हुनेगरी प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याउनु भएको थियो ।

त्यसपश्चात एमालेमा माधव नेपाल र उता जसपाका महन्थ ठाकुरले छुट्टै छुट्टै पार्टी दर्ता गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here