प्रचण्ड पत्नी सीता दाहाल मेडीसीटी अस्पतालको आइसीयुमा भर्ना

फाइल तस्बिर

२ कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता ललितपुरस्थित मेडीसिटी अस्पतालमा भर्ना भएकी छन्। 

बुधबार सीतालाई आकस्मिकरुपमा अस्पताल लगिएको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।

frontline

बुधबार आयोजित माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको निर्वाचनकेन्द्रित प्रशिक्षण कार्यक्रममा श्रेष्ठले सीता अस्पताल भर्ना भएका कारण प्रचण्ड आउन नसकेको बताए। 

मेडीसिटी हस्पिटलको आइसीयुमा उपचार भइरहेको उनले बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here