प्रचण्ड-नेपाल भन्दा सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर इमान्दार : अध्यक्ष ओली

३० कार्तिक, धनकुटा: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमाले पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।

सहिद भूमि गाउँपालिका-३ पिप्लेडाँडामा आयोजित ४३औं सहिद स्मृति सभालाई सम्बोधन गर्दै उनले १३ महिनापछि हुने चुनावमा एमाले पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने दाबी गरेका हुन्।

frontline

उनले प्रचण्ड-नेपाल भन्दा बरू सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा इमान्दार रहेको बताए। ‘बरू थापा सोझै कांग्रेसमा प्रवेश गरे। प्रचण्ड-नेपाल आफ्नो दुई तिहाईको सरकार ढाल्दै, पार्टी फुटाउँदै प्रधानमन्त्री बन्न देउवाको ढोका ढक्ढक्याउन गए,’ उनले भने।

उनले सूर्यबहादुर थापाका विरासत रहेका उनका छोरा कांग्रेस प्रवेश गरेसँगै छिन्ताङ हत्याकाण्डको जिम्मा नेपाली कांग्रेसमा गएको बताए। उनले माधव-प्रचण्ड कुहिएको आलु भएको भन्दै बोराबाट निकालिएपछि  पार्टी सुदृढीकरण भएको बताए।

न्यायालयतिर इंगित गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले अदालतका न्यायाधीशले मुद्दा हेर्न छाडेको र वकिलको दादागिरी देखाएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here