प्रचण्डसँग सवालजवाफ गर्दा युवक पक्राउ

नुवाकोट : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सवाल जवाफ गर्ने युवक पक्राउ परेका छन्। 

शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका –३ चोकदेस्थित बागेश्वरी माविको हिरक जयन्ती समारोहमा प्रचण्डसँग सवाल जवाफ गर्न खोज्दा सुर्यगढी गाउँपालिका-२ बोहोरेका जनार्दन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो। 

frontline

प्रचण्डले कार्यक्रममा मन्तव्य राखिरहेको बेलामा नजिकै बसिरहेका युवकले बीचमा उठेर ‘मेरो तपाईंसँग एउटा प्रश्न छ? भनेका थिए। त्यसलगत्तै प्रचण्डले भने, ‘यो समय सवालजवाफ गर्ने होइन। तपाई अघि तल(विदुर)मा भएको पत्रकार सम्मेलनमा आउनु भएन, प्रश्न त त्यही सोध्न पाइन्थ्यो नि।’

प्रचण्डले यति भनिसक्दा नसक्दै उनका पीएसओले युवकलाई बाहिर जान निर्देशन दिए। केही प्रहरी आएर उनलाई पक्राउ गरेर लगे। पाँच मिटर पर पुग्ने बित्तिकै युवकमाथि अन्य व्यक्तिले युवकमाथि हातपात गरे। यसो भइरहँदा आयोजकले प्रचण्डलाई मायाको चिनो प्रदान गर्‍यो। उद्घोषकले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको घोषणा गरे। 

दर्शकदिर्घाबाट धेरैको आवाज आयो ‘प्रश्न राख्छु भन्दैमा हातपात गर्न र लछारपछार गर्न त पाइँदैनन नि हो, छ?’ युवकले प्रहरीकै घेरामा केही मुक्काको सामना गरे। बागमती प्रदेशका पूर्वमन्त्री तथा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले प्रश्न सोध्छु भन्दैमा हातपात त गर्नु गलत भएको बताए। 

प्रहरीले पक्राउ गरेका युवक जनार्दन अधिकारीको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। उनलाई तत्काल रिहा गर्नुपर्ने  स्थानीयवासीले माग गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here