प्रखर वक्ता सागर यादवलाई उमेदवार बनाउन प्रत्येक वडाको जनस्तरमा चर्चा

मेवालाल यादव,

२ फागुन, रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिकाको मेयर पदको लागि युवा जुझारु युवाहरुको उदयमान चिनारीको रुपमा आफुलाई हरकदम जनताको सेवामा तलिन रहदै आइरहेका प्रखर वक्ता सागर यादवलाई उमेदवार बनाउन प्रत्येक वर्डाको जनस्तरमा चर्चा सुरु हुन थालेको छ।

frontline

रौतहटको सबभन्दा पूरानो तथा जेठो गौर नगरपालिका रहेको छ,नगरपालिका स्थापना कालदेखी वर्तमान अवस्था विच मेयर बनेकाहरु मध्ये सागर यादवको स्व.बुवा गौरी शंकर प्रसाद यादवले नगरपालिका र नगरवासीहरुको सर्वाङ्गनी विकास गरेका थिए।

पहिला १३ वटा सहित कमै स्रोत साधन रहेपनी नगरवासीको लागि शिक्षा,स्वास्थ्य,यातायात ,विजुली,बस पार्क ,आँखा अस्पताल ,खानेपानी ,संचार,तरकारी बजार लगायतका क्षेत्रलाई समुचित विकास गरेको र उक्त क्षेत्रबाट सेवा सुविधाहरू विकेन्द्रीकरण गराईएको थियो।

सोको अनुभुती पून:जनताहरुले ठम्याइ गरिरहेको बुझिएको छ।तत्कालीन मेयर स्व.गौरीशंकर प्रसाद यादवले गरेको कार्य तथा राखेको उदेश्यलाई पून: निरंतरता दिलाउन उनको छोरा सागर यादवलाई नगर प्रमुख उमेदवार बनाउन गाउँ घरमा चर्चा सुरु भएको छ।

सागर यादवको बुबाको मेयर हुँदा चोरीपैठारी तथा भ्याट गाजा लगायतका नसालु पदार्थ सेवन गर्ने गरेको थिएन तर अचेल अवस्थामा गौर नगरका केही युवाहरुको कारण नशालु पदार्थ ,भ्याट ,कोरेक्स,गाजा जस्ता आदि सेवनबाट कुलतमा लागेको संख्या वृद्धि गएको देखिन्छ जानकारहरु बताउँछन् ।

यस्ता कुलत को अन्त्य पार्न तथा समाजिक सद्भाव सुमधुर बनाउन युवानेता सागर यादवलाई गौर नगरपालिकाको मेयर पदमा बसाउने नगरवासीको सपना हो।

स्थानीय निर्वाचन २०८४मा हुने।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here