प्रकृति र संस्कृतिले पर्यटक तानिरहेको मुस्ताङ

मुस्ताङ । प्राकृतिक तथा सांस्कृतिक रूपले धनी मुस्ताङमा घुम्न लायक थुप्रै ठाउँहरू छन् । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्वदेशीसँगै विदेशी पर्यटक पनि घुम्नका लागि पुग्ने गर्छन् ।
अपर मुस्ताङ, ल्हो मान्थाङ आदि यहाँ ऐतिहासिक ठाउँ हुन् । लोपा भूमि भनिने यो क्षेत्रमा तिब्बतको सांस्कृतिक प्रभाव छ। यहाँका लोपा समुदायले आफ्नो मौलिक भाषा, पहिरन र परम्परा अझै जगेर्ना गर्दै आएका छन्।




प्राचीन सहर, चोर्तेनहरूले सजिएको बाटो, त्सोके गुम्बा र शताब्दीयौं पुराना गुफाहरूले मानव सभ्यताको प्रारम्भिक चरणको झल्को दिन्छन् । मार्फा गाउँको संरचना, स्याउ खेती र बौद्ध तथा थकाली संस्कृतिको सङ्गमले पर्यटकलाई लोभ्याउँछ।
मुस्ताङका तालहरू निकै सुन्दर छन् । साथै यहाँका सङ्ग्रहालयले पनि आगन्तुकहरूलाई पर्याप्त जानकारी दिन्छन् ।
मौसम सफा भएको बेला बिहान ५ बजेदेखि नै हिमालहरू खुलेका हुन्छन् । दिउँसो १२ बजेपछि भने बिस्तारै हावा चल्न थाल्छ र हिमालहरू तुवाँलोले ढाकिँदै जान्छन् । जलवायु परिवर्तनका कारण हिमालहरू नाङ्गिँदै गएकोमा भने स्थानीयवासीको साथै पर्यटक पनि चिन्ता व्यक्त गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्