पौडेल पक्ष महाधिवेशन भाँड्न लागिपरेको संस्थापन पक्षीय जिल्ला नेताहरुको आरोप

बिहीबार, काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षीय जिल्ला नेताहरुले रामचन्द्र पौडेल पक्ष महाधिवेशन भाँड्न लागिपरेको आरोप लगाएका छन् ।

बिहीबार बिहान ललितपुरमा बसेको सभापति शेरबहादुर देउवा पक्षीय जिल्ला सभापतिहरूको भेलामा नेता पौडेलमाथि यस्तो आरोप सहितको निष्कर्ष निकालेको हो ।

frontline

जिल्ला सभापतिहरुको बैठकले भित्रभित्रै गुटको भेला बोलाएर पौडेल पक्षले महाधिवेशन भाँड्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकालेका हुन् ।

महाधिवेशन अन्योलमा परिरहेका बेला बिहीबार बिहान झण्डै दुई दर्जन बढी संस्थापन पक्षीय जिल्ला सभापतिहरुको बैठक बसेको हो ।

पौडेल पक्षले जिल्ला सभापतिका नाममा बोलाएको भेलाप्रति आफूहरुको घोर आपत्ति रहेको भन्दै संस्थापन समूहका जिल्ला सभापतिहरुले सभापति एक्लैले चाहेर अधिवेशन नहुने बताएका थिए ।

“अधिवेशन भएन र गर्न सकेनन् भनेर एकातिर गुनासो गर्ने । अर्कातिर कांग्रेसको महाधिवेशन सभापतिले एक तर्फी चाहेर हुने हैन” भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले  भने ।

थापाका अनुसार काठमाडौंमा उपलब्ध जिल्ला सभापतिको बैठकमा तयार पारिएको ज्ञापनपत्र केन्द्रीय नेताहरुलाई बुझाइनेछ ।

कांग्रेसको १४औं अधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच तिक्तता बढ्न थालेको छ ।

यसअघि पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला सम्पन्न भइसकेको छ ।

पौडेल पक्षका जिल्ला सभापतिहरुले भने विशेष अधिवेशन बोलाउन सकिने भन्दै विकल्प पेश गरेका थिए ।

साथै उनीहरुले सभापतिलाई क्रियाशील सदस्यता विवादको वहानामा अधिवेशन गराउन नचाहेको आरोप लगाउँदैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here