पौडेल– देउवा भनाभन

शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा देउवा पक्षका नेताहरुले चुनावको पक्षमा मत राखे भने संस्थापन इतरका नेताहरु नयाँ सरकार गठनको पक्षमा देखिए । नेता गगन थापाले सरकारको विकल्प दिनु प्रतिपक्षी दलको धर्म भएको बताए भने उपसभापति विमलेन्द्र निधिले निर्वाचन नै विकल्प भएको बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नयाँ सरकार गठनबारे सार्वजनिक मञ्चमै ‘भनाभन’ भएको छ ।

frontline

त्यसपछि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोखाना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेको बताए । र, अर्को अवसर खेर नफाल्न खबरदारी गरे ।

पौडेलपछि बोल्ने पालो सभापति देउवाको थियो । तर पोडियममा जानुअघि नै आफ्नो आसनतिर जान लागेका पौडेललाई प्रश्न गरे, ‘मैले केमा अवसर खेर फालेँ ?’ मञ्चमै रहेका एक नेताका अनुसार पौडेल फर्किन लागेका बेला देउवाले ‘अघि केमा अवसर खेल फालेको भनेको रे ?’ भनेर सोधेका थिए ।

नजिकै भएका व्यक्तिले पौडेलको भाषण सम्झाएपछि देउवाले उनलाई रोक्दै प्रश्न गरेका हुन् । त्यसक्रममा दुई नेताबीच ‘भनाभन’ भयो, जसमा उपसभापति निधि पनि मिसिएका थिए । उनले पनि सभापति देउवाकै शैलीमा ‘नयाँ सरकार गठनका लागि संसदमा संख्या पुग्नु परेन’ भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here