पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

१३ साउन, कपिलवस्तु । कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको शिवराज नगरपालिका-११ कञ्चनियाको धोबिघाटस्थित सडवा बस्ने करन मौर्याको छोरा १४ वर्षीय आकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

frontline

खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका आकाशको डुबेको स्थानदेखि अन्दाजी तीन किलोमिटर दक्षिण सिरिन्डिहवा गाउँ नजिकै शव फेला परेको छ।

शुक्रबार प्रहरी टोली, परिवार र स्थानीयले खोजतलास गर्दै जाने क्रममा नदीको बीच भागमा बालुवा थुप्रेको ठाउँमा शव फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here